मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनताले चाहेजस्तो संघीयताका लागि संघर्ष गर्ने निर्णय

 

Advertisement 1

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ काठमाडौं : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनताले चाहेजस्तो संघीयताका लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

Advertisement 2

हालै काठमाडौंमा सम्पन्न पार्टीको एकता महाधिवेशनका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले अहिलेको संघीयता जनताले मागेजस्तो नभएकाले जनताको संघीयता स्थापीत गर्नका लागि संघर्षमा जाने निर्णय गरिएको जनाएको हो ।

Advertisement 3

पहिचानसहितको संघीयता अहिलेको अवश्यकता रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले जानकारी दिए । उनले प्रदेश सरकारले काम गर्न नसकेकाले संघीयताका बारेमा भ्रम छर्ने काम भएको बताए ।

उनले अहिले मुलुकमा संकटै संकट रहेकाले यसलाई समाधान गर्न आफूहरू नयाँ शक्तिका साथ बिकल्पको रुपमा अघि बढ्ने गजुरेलले उल्लेख गरे।
महाधिवेशनले पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको उनले बताए ।

 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs