Advertisement 1
सुरक्षा संवाददाता
२५ मंसिर २०८१ कोहलपुर ; श्री बैभब लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि कोहलपुरको १२औ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ।
मंगलबार सम्पन्न अधिवेशन बाट कमला कान्ति पौडेलको नेतृत्वमा सम्पुर्ण पदाधिकारी एंवम सदस्यहरु निर्विरोध निर्बाचित हुनुभएको छ। निर्वाचित पदाधिकारी एवम् सदस्यहरुमा अध्यक्ष कमला कान्ति पौडेल ,उपाध्यक्ष दिपा कुमारी बस्नेत ,सचिव राधिका घिमिरे ,कोषाध्यक्ष बिनिता खड्का ,सदस्य अनिता केसी ,सदस्य सुशिला शर्मा,सदस्य सुशिला घर्ती क्षेत्री ,सदस्य रिता पौडेल ,सदस्य रबिना पौडेल ,सदस्य रुकमणी थारु,सदस्य चम्पा उपाध्याय निर्वाचित हुनुभएको छ। त्यस्तै अधिवेशन बाट लेखा समिति समेत चयन गरिएको छ, जसमा अन्जना धितालको संयोजकत्वमा सदस्य अम्बिका आचार्य र सदस्य मन्जु भण्डारी चयन हुनुभएको छ। संस्थाका अध्यक्ष शुभद्रा शर्माको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी बिशिस्ट अतिथिमा रास्ट्रीय सहकारी बैंक प्रतिनिधि,
कोहलपुर नगरपालिका सहकारी शाखा प्रमुख अग्नि आचार्य ,महिला बालबालिका शाखा प्रमुख घटना शाहा,जिल्ला सहकारी संघ बाँके प्रबन्धक नबराज उपाध्याय रहनु भएको थियो। अधिवेशन बाट संस्थामा आबद्ध २ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो। करिब ४०५ जना सदस्यहरु रहेको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय ब्याय कारोबार करिब २ करोड भन्दा बढी रहेको संस्थाले जनाएको हो। संस्थाले सामाजिक उत्तरदायित्वका कार्यसमेत गर्दै आएको जसमा क्षमता विकास ,सीप विकास जस्ता आत्मनिर्भर तालिमहरु समेत संचालन गर्दै आएको र आगामी दिनमा थप आर्थिक पारदर्शिता अपनाउदै लैजाने संस्थाले जनाएको छ। पछिल्लो समय सहकारी संस्था प्रतिको अविस्वास बढ्दै गएको भन्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारिले श्री बैभब लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीको मान्यताअनुसार कार्य गरेको भन्दै बाँके जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा आफुले लिएको बताउनु भएको हो। मंगलबार सम्पन्न अधिवेशन तथा साधारणसभाको संचालन संस्थाका सचीव कमला कान्ति पौडेल गर्नु भएको थियो।