माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति पछि रास्वपा नेता कर्याकर्तामा स्फुर्ती

Advertisement 1

सुरक्षा सम्बादाता २७ मङ्सिर २०८१ काठमाडौं; सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एबम पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानको लागि प्रहरीले जिल्ला–जिल्लामा डुलाइरहँदा यो प्रकरणले राजनीतिक रुप लिन थालेको हो ।

विभिन्न जिल्लामा बयानका लागि उपस्थित गराइने क्रममा प्रहरीले रविमाथि दुर्व्यवहार गरेको भन्दै सार्वजनिक बहसको विषय बनाइएपछि न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको उक्त प्रकरण गिजोलिने खतरा उत्पन्न भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविमाथि प्रतिशोध साँधेर सरकारले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् ।

Advertisement 2

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले केही दिनअघि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै पुगेर लामिछानेलाई भेटे गरेका थिए । प्रचण्डको जस्तै उनीहरुले पनि राज्यले प्रतिशोध साँधेर लामिछानेलाई थुनेको दाबी गरेका छन् ।  सत्तारुढ नेपाली काँग्रेसका नेता शेखर कोइराला, सांसद सुनिल शर्मालगायतले पनि यसबारे विशेष चासो राखेका छन् ।

Advertisement 3

आफ्ना सभापतिमाथि सत्ताले प्रतिशोध साँधेको रास्वपा कार्यकर्ताहरुको दावीलाई राजनीतिक दलका नेताहरुको पछिल्ला अभिव्यक्तिले बल पुर्याइरहेको छ । लामिछाने पक्राउ पछि माओवादी अध्यक्ष प्रचण्डले केही दिनयता बचाउमा बोल्न थालेपछि पछिल्लो समय सुस्ताएका रास्वपाका कार्यकर्ता पुनः सडकमा उत्रन थालेका छन् ।

कतिसम्म भने, लामिछानेलाई प्रहरीले जुन जिल्ला पुर्याउने तयारी गर्छ, त्यसअघि नै रास्वपाका नेताहरु त्यहाँ पुगिहाल्छन् । पोखराबाट वीरगञ्ज लैजाँदा रास्वपाका सहकोषाध्यक्ष दिपक बोहरा लामिछानेको सहयात्री बने । पोखराबाट काठमाडौँ र काठमाडौँदेखि सिमरासम्म उनी लामिछाने चढेकै जहाजमा थिए ।

हिजो वीरगञ्जबाट काठमाडौँ हुँदै पोखरा पुर्याइँदा पनि लामिछाने जहाजमा एक्लै भएनन् । सिमरादेखि काठमाडौँसम्म सांसद हरि ढकाल साथमा थिए भने यताबाट पोखरासम्म पत्नी निकिता पौडेल सँगै गइन् ।

 

रास्वपाका नेताहरु प्रहरीकै कार्यशैलीमाथि निगरानी गर्ने मूडमा रहेको यसबाट प्रष्ट हुन्छ । अनुसन्धानको क्रममा प्रहरीको भूमिका शंकास्पद देखिएकोले नेताहरु परिचालन गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

उनका अनुसार उपसभापति डिपी अर्याल र सहमहान्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकताअनुसार नेताहरुलाई सम्बन्धित ठाउँमा परिचालन गरिरहेका छन् । उनी भन्छन्, ‘डिपी सर र कविन्द्र सरले को कहाँ जाने भनेर खबर गरेपछि हामी सम्बन्धित ठाउँमा जान्छौँ ।’

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs