दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध दोस्रो पटक महाभियोग प्रस्ताव दर्ता

 

Advertisement 1

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८१ एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

Advertisement 2

डिसेम्बर ३ मा सैन्य कानुन अर्थात् ‘मार्सल ल’ घोषणा गरेको विषयमा विपक्षी दलरुले राष्ट्रपति विरुद्ध पुनः महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । यसअघि विपक्षी दलहरुले दर्ता गरेको अविश्वासको प्रस्ताव भने असफल भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार महाभियोग प्रस्तावमा सम्भवतः आगामी शनिबार मतदान हुने छ । महाभियोग पारित हुन संसद्का तीन सय सदस्यको दुई तिहाइ अर्थात् २ सय सांसदको समर्थन चाहिन्छ । विपक्षी सँग १९२ सांसद छन् । प्रस्ताव पारित गर्न सत्ता पक्षका आठ सांसदको मत चाहिन्छ । सत्ता पक्ष सँग तत्काल १०८ सांसद छन् ।

Advertisement 3

विपक्षी दलले संसदमा राष्ट्रपति विरुद्ध दोस्रो पटक महाभियोगको प्रस्ताव दर्ता गराएका हुन् । गत साता ल्याइएको महाभियोगको प्रस्तावमा सत्तापक्षले संसद् वहिस्कार गरेपछि राष्ट्रपति महाभियोग बाट जोगिएका थिए ।

राष्ट्रपति युन माथि राजीनामाको दबाब छ । तर, उनले राजीनामा दिन अस्वीकार मात्र गरेका छैनन् सैन्य कानून लगू गर्ने अघिल्लो साताको आफ्नो अप्रत्याशित निर्णयको बचाउ गरेका छन् ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs