‘पुष्पा- २’का अभिनेता अल्लु अर्जुन पक्राउ

 

Advertisement 1

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८१ काठमाडौं: तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

Advertisement 2

इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ। उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन्।

प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो। अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ।

Advertisement 3

अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो र मुद्दा दर्ता गरेको थियो।

एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइएमा कानुनअनुसार कारवाही गरिने जनाएको छ।

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs