प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट राजीनामा दिनुस भनेर बामदेवजीको फोन आयो; केपि ओली

Advertisement 1

 

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८१ काठमाडौं; एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमाले नेता वामदेव गौतमसँग फोनसंवादको एउटा रमाइलो किस्सा सुनाएका छन् । ओलीका अनुसार आजै उनलाई फोन गरेर गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भनेको बताए ।

Advertisement 2

आफूलाई राजेश ब्रजाचार्य (स्वकिय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीले सुनाए । एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएको प्रधानमन्त्रीको भनाइ छ ।

‘एआइको जमाना छ, के के कुराहरु तोडमोड भएर आउँछन् पत्तो हुँदैन,’ ओलीले भने, ‘एउटै चिज बोल्या छ, यता कटायो उता कटायो ल्याएर जोड्यो, कस्तो लाज नभएको होला ।’

Advertisement 3

त्यसपछि उनले सुनाएको वामदेवको किस्सा;
‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ । कुरा गर्दै गइयो । उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ… कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर… सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त… तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ ।

उहाँलाई समेत भ्रम पर्ने गरी…भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म …त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं । अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ । उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन । कांग्रेस र मेरोबीचमा लडार्इं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला ।’

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs