प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ

 

Advertisement 1

 

Advertisement 2

 

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८१ नुवाकोट; नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

Advertisement 3

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकमसहित पुगेका थिए ।

अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएपछि शुक्रबार उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् ।

 

अछामको मल्लेख गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उनीमाथि परेको थियो ।

 

त्यसबारे आरोपीहरूको बयानसमेत सम्पन्न भएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ । सोही अनुसन्धानको कागजात पेश गर्न कञ्चनपुर पुगेका प्रशासकीय अधिकृत सापकोटाले एक लाख रकम घुस बोकेर पुगेका थिए ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs