लागू औषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ

Advertisement 1

सुरक्षा संवाददाता
२९ मंसिर २०८१ नेपालगन्ज ; लागू औषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ परेका छन ।

शुक्रबार दिउसो २:३०बजेको समयमा जिल्ला बाँके नेपालगंज उप- महानगरपालिका वडा नं. १ पुष्पलाल चोक स्थित लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखा बाट खटिएको संयुक्त प्रहरी टोलिले पुष्पलाल चोक स्थित सडक छेउमा हिडिरहेका व्यक्तिहरुलाई चेकजाँच तथा खाननतलासी गर्दा उनीहरुको साथ बाट लगु औषध सहित रंगेहात पक्राउ परेका हुन।

Advertisement 2

पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ६१ को राजेन्द्र कुमार गोडिया ,ऐ. वडा नं. ५ बस्ने वर्ष ३२ को यमुजीव खान , ऐ. वडा नं. ८ बस्ने वर्ष २६ को मोहिद अन्सारीले डौर्‍याई रहेको साईकलको हेण्डिलमा झुण्डयाई रहेको कालो रङको प्लास्टिक भित्र रहेको लुकाई छिपाई राखेको टिफ्फिनको बट्टा भित्र ३ वटा सेतो रंको प्लाष्टिकको प्याक बनाई राखेको प्लाष्टिक हटाई तौल गर्दा प्रतिवन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्द १५० ग्राम, साईकल थान १ र निजहरुले प्रयोग गर्ने गरेको मोबाईल सेट थान ३ समेत फेला पारी बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँकेबाट थप अनुसन्धान कार्य भई रहेको
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक आयुस प्रसाद जोशीले जानकारी दिनु भएको छ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs