सत्य तथ्यपूर्ण सहकारी ठगी छानविन भए कांग्रेस-एमालेको आधाभन्दा बढी पार्टी समाप्त हुन्छ; सुदन किराती

 

Advertisement 1

 

Advertisement 2

 

सुरक्षा सम्बादाता २९ मङ्सिर २०८१ काठमाडौं; नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरणमा सत्य तथ्यपूर्ण छानविन गर्दा एमाले र कांग्रेसको आधाभन्दा बढी पार्टी समाप्त हुने टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता किराँतीले यस्तो बताएका हुन् । उन्ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सरकारले पूर्वाहग्र राखेर अनुसन्धान गरिराखेको पनि उनले बताएका छन् । राज्यले पूर्वाग्रह राख्न नहुने र सबैलाई निश्पक्ष छानविनको दायरामा ल्याइनुपर्ने बताए ।

Advertisement 3

उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतका मानिसहरुले सम्पत्तिको लागि दम्पत्ति छाड्ने परम्परा सुरु गरेको बताए । नेता किरातीले कांग्रेस–एमालेका नेताहरुमाथि सहकारी ठगी प्रकरणमा निश्पक्ष छानविन नभएको बताउँदै भने,‘सत्यतथ्यपूर्ण ढंगले सहकारी छानविन गर्ने हो भने मुख्यतः एमालेको र त्यसपछि कांग्रेसको आधाभन्दा बढी पार्टी समाप्त हुन्छ ।’

वर्तमान सरकार बनेको पहिलो दिन देखि नै जनताले आगोमाथि बसेको महशुस गरिरहेको उनले बताए । वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम नगरेको जिकिर गरे । वर्तमान सरकारले जनघात र राष्ट्रघातको पक्षमा काम गरेको उनको आरोप रेहेको छ। चीन भ्रमणमा जाँदा नै प्रधानमन्त्री ओलीले जनतालाई एउटा भन्ने र काम अर्को गर्ने गरेको बताए । प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा भएका सहमति जनतामाथिको विश्वासघात रहेको उनले दाबी गरे । नेता किरातीले भने, ‘जे भनेको हो त्यो काम गर्नुपर्छ । खै इमानदारिता ? खाई जनताप्रतिको विश्वास र भरोसा ?’ उनले प्रश्न गरे ।

साथै, स्थानीय तह उपनिर्वाचनले माओवादीलाई जनता नछोड भन्ने सन्देश दिएको उनले बताए । माओवादीभित्र पनि सच्चिनुपर्ने धेरै कुरा बाँकी रहेको बताउँदै उनले जनतामा माओवादीप्रति आकर्षण बढ्दै गएको बताएका छन् । माओवादीले नेतृत्व गरेको कुनै पनि सरकारले जनघात र राष्ट्रघात नगरेको उनको दाबी रहेको छ।।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs