सङ्घर्ष सँगाती कार्यक्रम सम्पन्न

Advertisement 1

सुरक्षा सम्बादाता २९ मङ्सिर २०८१ कोहलपुर; हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम सम्पन्न भएको छ ।

वैयक्तिक सम्बन्ध, साहित्य, शिक्षा आदि क्षेत्रमा सँगसँगै यात्रा र सङ्घर्ष गरी समाजमा विशेष परिचय बनाएका व्यक्तित्वका अन्तरङ्ग संवादका रूपमा सङ्घर्ष सँगाती कार्यक्रम रहेको छ । पहिलो कार्यक्रममा कोहलपुरमा रही शिक्षा र साहित्यकार क्षेत्रमा सक्रिय महानन्द ढाकाल र सुमित्रा न्यौपानेको अन्तरङ्ग संवाद प्रस्तुत गरियो । आफ्नो बाल्यकाल, किशोर वय, विवाह, साहित्य यात्रा र जीवनशैलीका साथै शिक्षण अनुभवलाई ढकाल र न्यौपानेले खुलेर पस्किए ।

Advertisement 2

पूर्णिमाको तीन कार्यकाल अध्यक्ष बनेका ढकाल हाल नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य छन् भने संस्थाकी पूर्व उपाध्यक्ष न्यौपाने कोहलपुर वाङ्मय प्रतिष्ठानकी हालकी उपाध्यक्ष हुन् । शिक्षण पेसामा संलग्न यो जोडीले स्तरीय साहित्यिक कृतिहरू प्रकाशन गरेका छन् । कार्यक्रममा ६दर्जन बढी साहित्यिक तथा शिक्षा क्षेत्रका व्यक्तिहरू तथा सञ्चारकर्मीहरू उपस्थित थिएँ । सहभागीहरूले निकै नौलो र रोचक रहेको बताए ।

अर्धऔपचारिक किसिमको सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष पुष्कर रिजालले सहसङ्घर्षबाट सफलताको बाटोमा लम्केका व्यक्तित्वहरूका अनुभव अरूहरूका लागि पनि प्रेरणा होस् भन्ने हेतुले यस्तो कार्यक्रम ल्याएको बताए । उनले संवादमा रहेका सँगातीहरूलाई माला लगाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए । डेढ घन्टा जति चलेको कार्यक्रमको आरम्भमा संस्थाका सचिव केशव निमेषले छोटो भिडियो मार्फत् व्यक्तित्व परिचय दिएका थिए ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs