नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ

 

Advertisement 1

सुरक्षा सम्बादाता ३० मङ्सिर २०८१ काठमाडौं; नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।

Advertisement 2

बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌को कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

२०६८ भदौ ६ गते श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो।

Advertisement 3

२०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो ।

छुट्टा छुट्टै मुद्दामा ६र६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ ।श्रेष्ठलाई फैस‌ला कार्यान्वयनको लागी आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भए पनि सार्वजनिक बिदाका कारण उनलाई सोमबार मात्रै अदालतमा पेश गरिने भएको हो ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs