Advertisement 1
सुरक्षा सम्बादाता १ पुस २०८१ पोखरा; कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने माथि सहकारी ठगी प्रकरणमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।
रविमाथि अनुसन्धान गरी तयारी पारिएको प्रतिवेदन आज सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त शर्माले जानकारी दिए।
Advertisement 2
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेमाथि छ। सोही अभियोगमा लामिछानेमाथि अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ।
Advertisement 3
सहकारीको रकम अपचलनको अभियोगमा उनीसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी,लीला पछाई,रामबहादुर खनाल र कृष्णबहादुर गुरूङ कास्की प्रहरीको हिरासतमा छन्। सहकारी ठगी प्रकरणमा लामिछाने चैत्र २ गते पक्राउ परेका थिए।
अब सरकारि वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर अभियोजनसहित मुद्दा दर्ता गर्नेछ।
लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य चारजनाविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो। सोही उजुरीका आधारमा लामिछानेसहित अन्य चारजनालाई कास्की,चितवन,काठमाडौं,रुपन्देही र पर्सा पुर्याएर बयान लिइसकेको छ। सबै ठाउँमा बयान सकिसकेकाले अब प्रहरीले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेविरुद्ध अनुसन्धानको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको छानबिन विशेष समितिले ठहर गरेको थियो।
गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले थियो। प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी,चितवनको सहारा,वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको छ। त्यस्तै इमेज, समानता, सुमेरू र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।