विभिन्न स्थानमा लागूऔषधसहित तीनजना पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता १ पुस २०८१ काठमाडौं; देशका विभिन्न स्थानमा लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको कञ्चन गाउँपालिका-२ बेहोरी बस्ने ३६ वर्षीय सुशील बोहोरा र २५ वर्षीय सुरेस थारूलाई ३ सय ९० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट  २ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित नगरपालिका-१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

Advertisement 2

प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित : ६ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs