सबैभन्दा ठुलो भ्रष्टाचार घोटालाका दोषीलाई चीनमा फाँसी दिइयो

Advertisement 1

सुरक्षा सम्बादाता २ पुस २०८१ बेइजिङ; चीन सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ । यही नीतिका कारण चीन सरकारले अर्को एक शीर्ष अधिकारीलाई मृत्युदण्ड दिएको हो।

Advertisement 2

मंगलबार चीनको उत्तरी इनर मंगोलिया स्वायत्त क्षेत्रका पूर्व अधिकारी लि जियानपिङलाई फाँसी दिइएको समाचारमा उल्लेख गरिएको छ । ली चीनको सबैभन्दा ठुलो भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । यो भ्रष्टाचार ४२ करोड अमेरिकी डलरभन्दा बढीको भएको बताइएको छ ।

Advertisement 3

ली चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको कार्यसमितिका सदस्य थिए । उनलाई यसअघि २०२२ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइने तय भएको थियो । तर उक्त सजायविरुद्ध उनले पुनरावेदन गरेका थिए।

 

पुनरावेदनपछि पनि चीनको सर्वोच्च अदालतले उक्त सजायलाई कायम राखेपछि लीलाई मृत्युदण्ड दिइएको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार लीलाई अदालतले ४२ करोड अमेरिकी डलरको अवैध आम्दानी गरेको आरोपमा दोषी ठहर गरेको थियो ।

यसलाई चीनको इतिहासकै सबैभन्दा ठुलो घोटाला मानिएको छ । मंगलबार फाँसी दिनु अघि ६४ वर्षका लिलाई परिवारसँग समय बिताउन दिइएको भन्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ ।।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs