त्रिवि- डीन नियुक्तिमा भएको दलिय भागभण्डा खारेज गर्न अखिल (क्रान्तिकारी) को चेतावनी

सुरक्षा सम्बादाता ०३ पुस २०८१ काठमाडौं; धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (T.U) मा भएको डीन र निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ ।

Advertisement 1

राजनीतिक भागबण्डाको आधारमा आठ जना डीन र तीन जना निर्देशक नियुक्ति गरिएको उल्लेख गर्दै क्रान्तिकारीले तत्काल बदर गर्न माग गरेको हो । अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले आज विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप निम्त्याइएको जिकिर गरे ।

‘प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको कुरा घामजत्तिकै छर्लङ्ग भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

Advertisement 2

उपकुलपति केशरजंग बरालले राजनीतिक भागबण्डाको अन्त्य गर्नुको साटो भ्रष्ट र संसदीय पार्टीहरुसँग सम्झौता गरेर डीन र निर्देशक नियुक्ति गरेको क्रान्तिकारीको आरोप छ । यसलाई दु:खद कदम भन्दै विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपति केशरजंग बरालले भ्रष्ट संसदीय पार्टीहरुसँग सम्झौता गरी राजनीतिक हस्तक्षेपलाई स्वीकार्दै नियुक्ति प्रक्रिया अगाडि बढाउनु दुःखद्, गैरजिम्मेवार र पदिय मर्यादाविपरीत भएको ठहर्छ ।’


सो नियुक्ति बदर गरेर मेरिटको आधारमा नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै क्रान्तिकारीले अन्यथा सशक्त संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।

Advertisement 3

‘आठ जना डीन र तीन जना निर्देशकहरुको नियुक्ति प्रक्रिया राजनीतिक भागबण्डाका आधारमा संसदीय पार्टीहरु काँग्रेस, एमाले र माओवादी (केन्द्र) ले भाग लगाएर बाँडीचुँडी लिएका छन् । संसदीय पार्टीहरुको उक्त प्रक्रियाप्रति हाम्रो संगठन घोर भर्त्सना र निन्दा व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।।
हेर्नुस होस बिज्ञप्ति;

प्रकाशित : ६ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs