प्रसाईंले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने दुर्गा प्रसाईं को जिकिर

Advertisement 1

सुरक्षा सम्बादाता ०५ पुस २०८१ काठमाडौं; सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको हो।

रिहा भएसँगै प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताएका हुन् ।

Advertisement 2

साथै, प्रसाईंले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए । ‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो,’ उन्ले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।।

Advertisement 3

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs