रुस सरकार द्वारा सबैका लागि निशुल्क क्यान्सर खोप उपलब्ध गराउने घोषणा

 

Advertisement 1

सुरक्षा संवाददाता
५ पौष २०८१ एजेन्सी; रूसले सबैका लागि निशुल्क क्यान्सर खोप उपलब्ध गराउने घोषणा गरेको छ। जसले टर्मिनल अवस्थामा पुगेका बिरामीहरूको उपचारलाई निःशुल्क बनाउने वाचा गरेको छ। सन २०२४ को फेब्रुअरीमा राष्ट्रपति भ्लादिमिर पुटिनले रूस क्यान्सर खोप बनाउन नजिक रहेको जुन आविष्कारले संसारभरि नै क्यान्सर उपचारमा क्रान्ति ल्याउन सक्ने बताएका थिए। रिपोर्टअनुसार, रूसले आफ्नै mRNA क्यान्सर खोप विकास गरेको छ, जुन देशका विभिन्न अनुसन्धान केन्द्रहरूसँगको सहकार्यमा तयार गरिएको हो। उक्त खोपलाई सन् २०२५ को सुरुमा सार्वजनिक वितरणका लागि तयारी गरिएको बताइएको छ।
गामालेया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक एलेक्जाण्डर गिन्ट्सबर्गले TASS लाई भनेका छन् कि खोपका प्रि-क्लिनिकल परीक्षणहरूले ट्युमरको विकास रोक्न र सम्भावित मेटास्टेसिस रोक्न मद्दत गरेको देखाएको छ। त्यसैगरी, रूसी स्वास्थ्य मन्त्रालय अन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महासचिव आन्द्रेई काप्रिनले रेडियो रशियालाई खोप निःशुल्क वितरण गरिने बताए छ्न। फेब्रुअरीमा एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति पुटिनले भनेका थिए, “हामी क्यान्सर खोप र नयाँ पुस्ताका इम्युनोमोड्युलेटरी औषधि निर्माण गर्न नजिक आइपुगेका छौं।” उनले यसलाई छिट्टै व्यक्तिगत उपचारको विधि बनाउन सकिने आशा व्यक्त गरेका थिए। यो खबर त्यही समयमा आएको हो, जब विभिन्न देशहरू र कम्पनीहरूले आफ्नै क्यान्सर खोप विकास गर्ने प्रयास गरिरहेका छन्। पछिल्लो वर्ष, बेलायत सरकारले जर्मनीको ख्यातिप्राप्त बायोटेक कम्पनी BioNTech सँग २०३० सम्म ‘व्यक्तिगत क्यान्सर उपचार’ को परीक्षण सुरु गर्न सम्झौता गरेको थियो।
यस्तै, फार्मास्युटिकल कम्पनीहरू Moderna र Merck Co पनि क्यान्सर खोपको विकासमा कार्यरत छन्।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs