कालीकोटको महावै गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पदम बहादुर सिंहमाथि आक्रमण

Advertisement 1

सुरक्षा सम्बादाता ०६ पुस २०८१ कालिकोट; कालीकोटको महावै गाउँपालिका- ३ का वडाध्यक्ष पदमबहादुर सिंहमाथि आज बिहान ४ जनाको समूहले आक्रमण गरेको छ।

घरमै बसिरहेकाे बेला  वडाध्यक्ष सिंहमाथि  चार जनाकाे समूहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेकाे हाे ।

Advertisement 2

मदिरा सेवन गरेको आरोप लागेका जीवन सिंह, तारा सिंह, टोप सिंह, र घमन्ड शाहीको समूहले धारिलो हतियार प्रयोग गरेर वडाध्यक्ष सिंहमाथि आक्रमण गरेको बताइएको हो।

Advertisement 3

टाउकोमा गहिरो चोट लागेपछि सिंहलाई जिल्ला अस्पताल कालीकोटमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

महावै गाउँपालिकाले यस घटनाप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा घटनालाई ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणका रूपमा व्याख्या गरिएको छ। दोषीहरूविरुद्ध कडा कारबाहीको माग गरिएको छ।

आक्रमणपछि आरोपितहरू फरार रहेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको अबस्था हो।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs