थुनुवालाई हिरासतमुक्त गर्दिन्छु भन्दै रकम असुली तीन जना प्रहरी नियन्त्रणमा

सुरक्षा सम्बादाता ०६ पुस २०८१ धनगढी; कैलालीमा थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement 1

लागुऔषध मुद्दामा पक्राउ परेका एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै परिवारबाट रकम असुल्ने तीन जना पक्राउ परेका छन् ।

 

Advertisement 2

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् ।

Advertisement 3

उनीहरुले थुनामुक्त गरिदिने भन्दै लिएको साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो ।

उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते कागजपत्र बनाएर नेपाली कागजमा अदालतको आदेश समेत लेखेर देखाएका थिए ।

उनीहरूलाई थुनामुक्त गरिदिन भन्दै लेखिएको अदालतको भनिएको आदेशमा जिल्ला प्रहरी कार्यालय कैलालीको लोगो र नाम राखेका थिए ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs