राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टरको कारमा एक युवक मृत फेला

Advertisement 1

सुरक्षा सम्बादाता ०६ पुस २०८१ जनकपुरधाम; बाराको सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र मृत अबस्थामा एक जना युवक भेटिएका छन् । मृत भेटिएका युवक प्रहरी कार्यालयका सहयोगी रहेको खुलेको छ ।

बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले कारभित्र मृत भेटिएका युवक राजकुमार रुम्बा भएको बताए । उनका अनुसार जितपुरका रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

Advertisement 2

रुम्बा बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत भेटिएका हुन् । उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको बताइएको छ ।

Advertisement 3

मृतक रुम्बाले इन्स्पेक्टर तिवारीबाट गाडी मागेर बाहिर निस्केका थिए, एसपी खड्काले भने, ‘रुम्बाको टाउकोमा चोट देखिन्छ । रगत पनि निस्केको छ । घटना शंकास्पद छ । थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs