Advertisement 1
सुरक्षा सम्बादाता ०६ पुस २०८१ काठमाडौं; नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले अहिलेको कांग्रेस–एमाले गठबन्धन व्यक्ति व्यक्तिको स्वार्थमा बनेको बताएका छन् । रावलले भने,‘यो गठबन्धन कुनै राष्ट्रिय हित वा सिद्धान्त, वा दर्शनमा आधारित नभएर व्यक्ति व्यक्तिका स्वार्थहरुमा आधारित भएको हुनाले जुन दिन यो स्वार्थ टकराउँछ, त्यही दिन यो सरकार र गठबन्धन ढल्छ ।’
हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले यस्तो दाबी गरेका हुन् । डा. रावलले नेपालको राष्ट्रिय राजनीति नै यतिवेला अत्यन्तै संकटपूर्ण दिशामा घचेटिएको दाबी गरे। उनले नेपाल भ्रष्टाचार जटिल विषय बनेको टिप्पणी गरे ।।