आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गरेको माओवादी अध्यक्ष प्रचण्डको दाबी

 

Advertisement 1

सुरक्षा सम्बादाता ०६ पुस २०८१ काठमाडौं; नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गरेको दाबी गरेका छन् ।

गोरखा-ताकुकोट सेवा समाज काठमाडौंको साधारणसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरोधी अभियानदेखि देशको अर्थतन्त्र लयमा फर्काउन आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेको बताए ।

Advertisement 2

प्रचण्डले भने, ‘म गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि मैले केही राष्ट्रिय मानकहरु बनाउने जमर्को गरें, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध सामाजिक न्यायको पक्षमा, गम्भीर आर्थिक संकटमा रहेको देशलाई विस्तारै लयमा फर्काउने र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिष्ठा र हितको निम्ति वातावरण बनाउन धेरै मेहनत गरें । म प्रधानमन्त्री भएपछि गोरखावासीको अपेक्षाअनुसार काम गर्न केही कमी भएको महसुस भएकै थियो, तर मैले देशको प्रतिष्ठा बढाउने धेरै काम गरिरहेको थिएँ । अहिले मैले फेरि अवसर पाएको छु ।’


प्रचण्डले थपे, ‘जडिबुटी प्रशोधन, रुग्ण उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अगाडि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन गर्ने सबै विषयमा म प्रधानमन्त्री हुँदा महत्वपूर्ण निर्णय गरेको छु, तर अहिलेको सरकारले त्यसलाई अगाडि बढाउनेभन्दा पनि निजीकरण गर्न खोज्दैछ ।’

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs