प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण

 

Advertisement 1

सुरक्षा सम्बादाता ०६ पुस २०८१ काठमाडौं; प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।

Advertisement 2

दुईदिने भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापास्थित श्री अरिदमन गण, पाँचथरस्थित श्री रणशेर गण र ओखलढुङ्गास्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement 3

निर्देशनालयका अनुसार निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले श्री नं. १८ बाहिनी अड्डा तथा अन्तर्गतका फौजहरु सम्मिलित भई उदयपुरस्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको निरीक्षण गरेका थिए । निरीक्षणकै दौरान उनले सामूहिक तालिमको विविध पक्षहरुका बारेमा जानकारी लिएका थिए।

हाल नेपाली सेनाका युनिटहरुको आआफ्नो जिम्मेवारी इलाकाहरुमा सामूहिक तालिम सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs