जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

 

Advertisement 1

Advertisement 2

 

 

Advertisement 3

दिनेश राज न्यौपाने
०७ पौष २०८१ नेपालगन्ज ; बाँके प्रहरीले जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ गरेको छ।

गत मंसिर १५ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १९ मोहनपुर ईट्टाभट्टा नजिकै रहेको जाहेरवाला नसिर अहमद बेहेनालाई भारत, उत्तर प्रदेश, बलरामपुर सिहपुरी बस्ने वर्ष अं. ४२ को सदाबुद्दिन हलवाईले ईट्टाभट्टामा रहेको जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनी पटक पटक गरि नगद रु.२,००,००००।- (दुई करोड) ठगी गरेको हुँदा कानुन बमोजिम कारवाही गरी पाउँ भनी नसिर अहमद बेहेनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएको आधारमा प्रतिवादी सदाबुद्दिन हलवाईलाई पौष ०५ गते बिहान जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ बसपार्क स्थितमा पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका सदाबुद्दिन हलवाईको साथ बाट सामानहरु समेत बरामद गरिएको छ। बरामद भएको समानहरुमा
तिन वटा माटोको घैटो र सो घैटो भित्र पहेलो धातुले बनेको सिक्का थान-१०४९। (एक हजार उनन्पचास),
तिन वटा पितलको घैटो,धातुले बनेको हेर्दा पुरानो जस्तो देखिने चेन थान-१, धातुले बनेको गणेशको मुर्ति थान-१, बिभिन्न आकारका पत्तरहरु थान-६०० (छ सय),धातुबाट बनेको डिव्वा थान-३, लेदरको कालो रंगको झोला भित्र ताविज सहितको डिव्वा थान-१,
उर्दू अक्षरमा लेखिएको किताब थान-१, भरतिय नम्बरको UP 32PP6110 नं. को ALTOK 10 सिल्भर कलरको कार थान-१,साथै निज संग रहेको नेपाल र भारतिय बैंकका चेक तथा भौचहरु बरामद गरीएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक
आयूश प्रसाद जोशी जानकारी दिनु भएको छ।

प्रकाशित : ४ हप्ता अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

रवि सांसदबाट निलम्बित

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

Designed by Gorkhaly Labs