रवि लामिछानेको हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौं — सहकारी ठगि प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार उनीमाथि साइबर क्राइम लाग्न सक्छ ।

Advertisement 2

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो ।

 

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs