NPLक्रिकेटको फाइनल खेलमा सामाजिक सद्भाव खलल् पार्ने तथा अराजक गतिविधीमा संलग्न व्यक्तिहरू प्रहरी नियन्त्रणमा

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौं; नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement 2

 

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका २ घर भई कीर्तिपुर बस्ने २१ वर्षीय अशोक साउद र डोटीको दिपायल सिलगढी नगरपालिका १ घर भई कीर्तिपुरमै बस्ने १९ वर्षका गणेश साउद रहेका छन्।

Advertisement 3

 

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेलपछि केही व्यक्तिहरुले जनकपुरका समर्थकमाथि हातपात गरेका थिए।

उनीहरूले केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोजेको तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोप छ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs