कांग्रेस नेता सिटौला; ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौं; नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ०८४ मा कांग्रेस एक्लै चुनाव लडने बताएका छन् ।

नेपाली कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्।

Advertisement 2

 

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताए ।

Advertisement 3


नेता सिटौलाले भने,‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो। त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान।’

आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी पनि उनको थियो।

अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्दै उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जसरअपजस लिनुपर्ने बताए ।

प्रकाशित : ६ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs