बैङ्किङ कसुरमा विराटनगर १२ का वडा अध्यक्ष पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ बिराटनगर; बैङ्किङ कसुरमा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।

उनलाई चेक बाउन्सको मुद्दामा सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement 2

उनी विरुद्ध गयानन्द ठाकुरले चेक बाउन्सको मुद्दा दायर गरेका थिए । ठाकुरलाई कामतले ५ लाखको चेक दिएका थिए ।

Advertisement 3

मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दियो।

कामतले दिएको ५ लाखको चेक बाउन्स भएपछि कार्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाअध्क्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs