आगोसँग नखेल्न ट्रम्पलाई सीको चेतावनी

 

Advertisement 1

 

Advertisement 2

०९ पुस २०८१; ताइवानलाई अमेरिकाले सैन्य सहयोग गरेपछि चीन भड्किएको छ । ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको चीन अमेरिकाले सैन्य सहयोग गरेपछि भड्किएको हो । अमेरिकी सहयोग ‘एक चीन’ नीतिविरुद्धमा रहेको भन्दै आगोसँग नखेल्न उसले चेतावनीसमेत दिएको छ ।

विश्वको शक्तिशाली राष्ट्रहरु चीन र अमेरिका सम्बन्ध बेलाबेलामा चर्किने गरेको छ । चीनले आफ्नो भूमिको रुपमा दाबी गर्दै आएको ताइवानको विषयलाई लिएर अमेरिकासँग बेइजिङले खरो आलोचना गर्दै आएको छ । जसका कारण दुई मुलुकबीच वाक युद्ध उत्कर्षमा पुग्ने गरेका घटना पुरानै हुन् । यसैक्रममा पछिल्लो समय अमेरिकाले ताइवानलाई सैन्य सहयोग दिने सहमति गरेसँगै चीन थप भड्किएको छ भने दुई देशबीचको सम्बन्ध चिसिने सम्भावना बढेर गएको छ ।

Advertisement 3

चीन–अमेरिकाबीच व्यापार युद्धकै अवस्था रहँदा अमेरिकाले ताइवानसँग गरेको सैन्य सहयोग तथा हतियार बिक्रीको सहमतिलाई लिएर बेइजिङले कडा शब्दमा आलोचना गरेको छ । अमेरिकी सहयोग ‘एक चीन’ नीतिविरुद्ध रहेको भन्दै आगोसँग नखेल्न चेतावनीसमेत दिएको छ । शुक्रबार अमेरिकाले ताइवानलाई ५७ करोड डलरभन्दा बढीको सैन्य सहायता र साढे २९ करोड डलर बराबरको हतियार बिक्रीको सहमति गरेको थियो ।

यसपछि चिनियाँ विदेश मन्त्रालय र स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयले अमेरिकाको चर्को आलोचना गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बेच्ने र आर्थिक मद्दत गर्ने निर्णयको निन्दा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले ताइवानलाई सहयोग गर्ने अमेरिकी घोषणाको आलोचना गर्दै यस्तो निर्णय स्वीकार्य नहुने बताएको हो । तर, अमेरिकाले ताइवानलाई यसअघि पनि हतियार बेच्दै आएको छ । अमेरिकाले सबैभन्दा बढी हतियार बेच्ने देशको चौथो नम्बरमा ताइवान पर्छ ।

अमेरिकासँग हतियार खरिद गर्ने पहिलो मुलुकको सूचीमा साउद अरब पर्दछ । यस्तै इजरायल दोस्रो, जापान तेस्रो र चौथो नम्बरमा ताइवान पर्दछ । चीनले ताइवानमा दुई वर्षयता आफ्नो सक्रियता बढाएको छ भने पटकपटक ताइवानको जल तथा हवाई क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ । चीनले ताइवानलाई आफ्नो हिस्साको रुपमा हेर्दै आएको छ । डब्ल्यूएचओमा संयुक्त राष्ट्रसंघको सदस्य भएका मुलुकले मात्र सामेल हुन पाउँछन् । ताइवानले भने स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो एउटा हिस्साको रुपमा लिन आफूसँग दौत्य सम्बन्ध कायम रहेका मुलुकलाई आग्रह गर्दै आएको छ । तर, अमेरिकाले भने उक्त नीति अस्वीकार गर्दै आएको छ ।

जसले दुई मुलुकको सम्बन्ध थप चिसिँदै गएको छ । ताइवान मामिलामा अमेरिकाले राख्दै आएको चासो प्रति चीनले सधैँ कडा प्रतिवाद गर्दै आएको छ । जसले गर्दा ताइवानमाथि चीनले हस्तक्षेपकारी नीति अवलम्बन गर्दा ताइवानकै कारण अमेरिका र चीन आसनेसामने हुने गरेका छन् । चीनप्रति कडा टिप्पणी गर्दै आएका र चीन विरोधी छवि बनाएका ट्रम्पको ह्वाइट हाउस पुनरागमनसँगै चीनसँगको सम्बन्ध थप बिग्रिन सक्ने आकलनसमेत भइरहेको छ । यस्तो अवस्थामा अमेरिकाले ताइवानलाई सैन्य सहयोग तथा हतियार बिक्रीका लागि अनुमति दिनुले विशेष अर्थ राख्ने विश्लेषणसमेत भइरहेको छ ।

 

प्रकाशित : ४ हप्ता अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs