पनौती पुगेर निरीक्षणमा गृहसचिव र आइजी

 

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ काभ्रे;  गृह सचिव गोकर्णमणि दुवाडीले काभ्रेको पनौतीस्थित निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा सचिव दुवाडीले प्रतिष्ठानको भवन तथा अन्य संरचनाहरूको निर्माण प्रगतिबारे जानकारी लिंदै निर्माण कार्यको गुणस्तर र समय व्यवस्थापनप्रति विशेष चासो व्यक्त गरे।

Advertisement 2

निरीक्षणका क्रममा उनले परियोजनाको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले भने, “निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन। समयमै परियोजना सम्पन्न गर्न सबै निकायले सहकार्य गर्नुपर्छ।”

प्रतिष्ठानको निर्माण कार्यले प्रहरीको क्षमता अभिवृद्धि गर्दै आधुनिक प्रशिक्षण सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले प्रहरी सेवामा दक्षता वृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

Advertisement 3

निर्माणस्थलमा उपस्थित इञ्जिनियर र परियोजना व्यवस्थापकहरूले निर्माणको प्रगतिबारे गृह सचिवलाई जानकारी गराउँदै आगामी चरणहरूको कार्ययोजना प्रस्तुत गरेका थिए।

यो प्रतिष्ठान प्रहरीका लागि अत्याधुनिक सुविधा सम्पन्न प्रशिक्षण केन्द्रको रूपमा विकास गरिंदै छ, जसले दीर्घकालीन रूपमा देशभरका सुरक्षाकर्मीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs