अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ काठमाडौं; नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

पहिलो चरणमा ३२ वर्षे उमेर हद र दोस्रो चरणमा नेतृत्व चयनको लागि चुनाव हुनेगरी कार्यतालिका सार्वजनिक भएको हो ।

Advertisement 2

उमेरहदका लागि पुस १३ गते र नेतृत्व चयनका लागि १७ गते निर्वाचन हुनेछ । उमेर हदबारे जिल्ला भूगोल र गैर भूगोग गरी ८६ मतदान केन्द्र रहनेछ । भने नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहनेछ ।

Advertisement 3

असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो । तर, अब निर्वाचन प्रक्रियाबाटै छिनोफानो गर्न लागेको हो ।

अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ ।

तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन् ।

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs