सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ काठमाडौं; सहकारी समस्याको विषयमा छलफल गर्न  मन्त्रिपरिषदको बैठक बस्दै छ । बालुवाटार स्रोतका केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।

बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement 2

एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।

Advertisement 3


तर त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सुझाव कार्यान्वयनमा आएको छैन ।

संसदीय समितिले ५ लाख सम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न दिएको सुझाव पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित : ३ हप्ता अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs