हातखुट्टा बाँधिएकाे अवस्थामा युवती फेला, सामूहिक बला*त्कारको आशंका

 

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ विराटनगर; मर्निङ वाकमा निस्किएकी मोरङको जहदाकी २२ वर्षीया युवती बाँसघारीमा अर्धचेत अवस्थामा फेला परेकी छन् । हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकी युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले आशङ्का गरेको छ ।

Advertisement 2

आज बिहान ‘मर्निङ वाक’मा निस्किएका बेला ती युवती सामूहिक बलात्कारमा परेको हुनसक्ने मोरङ प्रहरीले जनाएको छ । उनी दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्।

अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Advertisement 3

प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको डीएसपी जोशीले बताए ।

उनले भने, ‘हामीले घटनाको अनुसन्धान शुरू गरेका छौं । घटनामा संलग्नको खोजी कार्यलाई तीव्र पारिएको छ ।’

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs