सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनको विरण बुझाउन सरकारलाई सर्वोच्चको आदेश

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ काठमाडौं; सर्वोच्च अदालतले सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको विशेष संसदीय समितिको प्रतिवेदन कार्यान्वयनबारेको प्रगति विरण बुझाउन सरकारलाई आदेश दिएको छ।


न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्र इजलासले सरकारविरुद्ध परमादेश माग गर्दै अधिवक्ताहरू सुरेन्द्र भण्डारी लगायतले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

Advertisement 2

नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा बनेको संसदीय समितिले विशेषगरी रास्वपा सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको बारे छानबिन गरेको थियो। समितिले दिएको प्रतिवेदनका आधारमा उनलाई सरकारले पक्राउ गरेर मुद्दा चलान गरेको छ।

 

Advertisement 3

सर्वोच्चले समितिको प्रतिवेदनका अलवा अन्य दस्तावेजहरु समेत माग्दै आगामी माघ ४ गतेसम्म ती कागजात बुझाइ सक्न समेत आदेश दिएको छ।

यसबारे सर्वोच्चले अर्को सुनुवाइ माघ ७ गते गर्नेछ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs