काठमाडौंमा हिउँदे वर्षा, सुदूरपश्चिम् र कर्णालीमा हिमपात

Advertisement 1

सुरक्षा सम्बादाता १० पुस २०८१ काठमाडौं; पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा मुलुकभरको  तापक्रममा गिरावट आएको छ । जसका कारण मुलुकभर चिसो बढेको छ ।

 

Advertisement 2

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात  र हल्का वर्षासमेत भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको असर  सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी देखिएको छ । जसले गर्दा हिमाली एवं उच्च पहाडी भेगमा सोमबार रातिदेखि नै हिमपात र हल्का वर्षा भएको हो । यस्तो न्यून चापीय प्रणाली सुदूरपश्चिमबाट भित्रिएको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली कर्णाली, लुम्बिनी र गण्डकी हुँदै पूर्वतर्फ विस्तारित भएको छ । हावाको चाप कम भएको अवस्थालाई न्यून चापीय भनिन्छ ।  चाप जता कम हुन्छ हावा त्यतै बहने गर्छ र उक्त भू–भागमा बादल जम्मा भई  हल्का वर्षा हुने हुन्छ ।उच्च हिमाली एवं पहाडी भूभागमा हिमपात हुने क्रम बुधबार दिउँसोसम्म  कायम रहने मौसमविद् अधिकारीले जानकारी दिए ।

Advertisement 3

हावाको न्यून चापीय प्रणालीको प्रभाव सुदूर र कर्णाली प्रदेशमा  बढी देखिएको छ । सोमबार साँझदेखि सुदूरपश्चिमका जिल्लाहरू बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको छ । त्यस्तै कर्णाली प्रदेशको हुम्ला, जुम्ला लगायतका जिल्लामा पनि हिमपात भएको छ । मौसमविद् अधिकारीका अनुसार, लुम्बिनी प्रदेशको रुपन्देही, गण्डकी प्रदेशको तनहुँ बागमती प्रदेशको चितवन आसपासमा छिटफुट वर्षा भएको छ ।

मौसमविद् अधिकारीले भने, ‘अन्य प्रदेशमा भन्दा सुदूरपश्चिम र कर्णाली प्रदेशमा नै सबैभन्दा बढी हिमपात र छिटफुट वर्षासमेत भएको छ ।’

मौसम  बदली भएसँगै चिसो बढ्दा हिमाली र उच्च पहाडी जनजीवन प्रभावित भएको छ । मध्य तथा पूर्वीतराईका केही स्थानहरूमा हुस्सु लाग्न थालेको छ । हिमपात, छिटफुट वर्षा र हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले  अनुरोध गरेको छ ।

मौसमविद् अधिकारीका अनुसार कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी भेगका  केही भूभागमा बुधबार पनि हिमपात हुन सक्ने देखिएको छ ।  काठमाडौं उपत्यकामा मंगलबार साँझ हिउँदे वर्षा भएको छ ।

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs