Advertisement 1
सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौं; नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन निर्देशन दिएको छ ।
Advertisement 2
गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका(३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका(५ का बुद्धिमान तामाङ छन्।
Advertisement 3
उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।