रावललाई एमालेबाट निष्कासन पछि पोखरेल भन्छन्– स्थायित्वका लागि अनुशासन अत्यावश्यक

सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौं ; नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुशासनको अभावले पार्टीभित्र द्वन्द्व, अविश्वास र विघटनको अवस्था निम्त्याउन सक्ने बताएका छन् ।

Advertisement 1

बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त र पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेपछि यस्तो बताएका हुन् ।


उनले कुनै पनि पार्टीको दीर्घकालीन सफलता र स्थायित्वका लागि अनुशासन अत्यावश्यक हुने बताए । ‘पार्टी अनुशासनबारे एआईको धारणा’ भन्दै उनले ६ बुँदामा यसको औचित्य प्रस्ट पारेका छन् ।‘पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च छ, किनभने कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ’।

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs