भिम रावललाई संगठित सदस्यबाट हटाएभपछि पार्टीभित्रै व्यापक विरोध

सुरक्षा सम्बादाता ११ पुस २०८१ कोहलपुर; एमालेका पूर्वउपाध्यक्ष भिम रावललाई संगठित सदस्यबाट हटाएभपछि पार्टीभित्रै व्यापक विरोध हुन थालेको छ । धेरैले सामाजिक सञ्जालमा ओली नेतृत्वको एमाले अब पतनको बाटोतर्फ गैरहेको बताएका छन । बुधबार बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । त्यस्तै बैठकले एमालेकी नेतृ बिन्दा पाण्डे र उषाकिरणलाई पनि ६ महिनाका लागि निलम्बित गरेको छ ।एमालेका पूर्वउपाध्यक्ष समेत रहेका रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो । सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो ।

“अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने । रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए । यता रावलको गृहक्षत्र सुदूरपश्चिम प्रदेशमा पनि संगठित सदस्यबाट हटाएपछि सामाजिक सञ्जालमा व्यापक विरोधका स्वरहरु सुनिन थालेका छन । नवौं महाधिवेशनमा पदाधिकारीमा सर्वाधिक मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित रावलले रक्षा तथा गृहमन्त्रालय समेत सम्हालेका थिए ।
प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs