सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौं; एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
Advertisement 1
एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।
सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।
Advertisement 2
सो रिट निवेदन सर्वोच्चले खारेज गर्दै केही निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।
प्रकाशित : ३ हप्ता अगाडि