जनयुद्ध’ शब्द प्रयोग नगर्नू भनेर फैसला लेख्न सपना मल्लका हात काँप्यो कि काँपेन होला ?’– महासचिव बिप्लव

सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौं; नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू नगराउनू भनी गरेको अन्तरिम आदेशको कडा शब्दमा आलोचना गरेका छन् ।

Advertisement 1

काठमाडौंमा भएको एक कार्यक्रममा विप्लवले आदिवासी, महिला, जनजाति अहिले जुन ठाउँमा पुगेका छन्, त्यो जनयुद्धका कारण भएको भन्दै न्यायाधीश सपना मल्ल प्रधान न्यायाधीश हुनुमा पनि ‘जनयुद्ध’को योगदान भएको विप्लवले बताए । उनले भने, ‘न्यायाधीश सपना मल्ल प्रधान न्यायाधीश हुनुमा पनि ‘जनयद्ध’को योगदान छ । जसको योगदानले उहाँ न्यायाधीश हुनुभयो, त्यही ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू भनेर फैसला लेख्न हात काँप्यो कि काँपेन होला ?’

विप्लवले अहिलेको गणतन्त्र ‘जनयुद्ध’का कारण आएकाले ओलीले पहिरेको ताज र कुर्सी माओवादीलाई फिर्ता दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले पहिरेको ताज र बसेको कुर्सी माओवादी ‘जनयुद्ध’ले ल्याएको हो । यदि ‘जनयुद्ध’प्रति यति पीडा छ भने त्यो कुर्सी र ताज माओवादीलाई फिर्ता दिनुहोस् ।’

Advertisement 2

उनले माओवादी ‘जनयुद्ध’ सुन्नै नचाहनेहरूले अहिले संसददेखि न्यायालयसम्म खिसी टिउरी गरिरहेको भन्दै आक्रोश पोखेका छन् ।

विप्लवले भने, ‘माओवादी ‘जनयुद्ध’लाई सुन्नै नचाहने वा त्यसलाई खिसी टिउरी गर्ने काम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि अदालतसम्म छन् । त्यो कुरा अन्यत्र कर्मचारीतन्त्रमा पनि चलिरहेको छ ।  नेपालको राज्यसत्ता उदेकलाग्दो अवस्थामा छ । नेपालीमा एउटा उखान छ ‘लङ्का जित्ने हनुमान, पगरी गुथ्ने ढेडु’ जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छ । ढेडुहरूको ठूलो जमात खडा भएको छ । कोही रिसाएका छन् । कोही हाँसिरहेका छन् ।’

Advertisement 3

प्रधानमन्त्री ओली आफैँले गरेको तीनबुँदे सम्झौताबाट पछि हटेको विप्लवले बताए । उनले भने, ‘अहिले मुद्दा फिर्ता हुँदैन भनेर भनिएको सुनिएको छ । हामी आफैँ वार्ता गर्न आएका होइनौँ । तपाईंहरू खोज्दै आउनुभएको हो । यदि त्यो लागु नभए पनि केही छैन । हामी जनताका लागि लडेका हौँ । अझै पनि तयार छौँ ।’

यदि मुद्दा फिर्ता नलिएर के रोमियो अपरेसन र किलो शेरा टु लगाउने हो भन्ने प्रश्न गर्दै विप्लवले ओलीलाई भने, ‘किलो शेरा टु र रोमियो अपरेसन चलाउँदा के भयो ? सम्झना होला नि । फेरि पनि त्यही चाहेको हो ? यदि हो भने के हुन्छ, थाहा छ नि ।’

राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट ‘जनयुद्ध’माथि हमला गर्ने काम भइरहेको विप्लवले बताए । उनले भने, ‘जसलाई ‘जनयुद्ध’को ‘ज’ पनि थाहा छैन, उसले हमला गर्ने प्रयास गरिराखेका छन् । हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयङ्कर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs