भीम रावलले कम्युनिष्ट छोड्ने, देशभक्तको पार्टी गठन गर्ने

Advertisement 1

सुरक्षा सम्बादाता १५ पुस २०८१ काठमाडौं; नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन् । ‘झापाबाटै हाम्रो यात्रा सुरु हुन्छ, र ७७ जिल्ला नै पुग्छौं,’ उनीनिकट एक नेताले भने ।

Advertisement 2

ती नेताका अनुसार देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुनेछ । ‘पर्सि (बुधबार)को पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहारहरूको उजागर हुनेछ, त्यो कुरा जनतासम्म लगिनेछ,’ उनले भने ।

Advertisement 3

 

माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने ती नेता बताउँछन् । ‘सकेसम्म धेरै ठाउँ पुगेर नयाँ पार्टी निर्माणको आवश्यकताबारे भन्ने हो, त्यसैले समय अलिक लाग्छ,’ उनले भने ।

तर, नयाँ पार्टी कम्युनिष्ट बनाउनेमा भने रावल प्रष्ट भइसकेका छन् । आफूलाई भेट्न आउनेहरूसँग पनि उनले आफूले बनाउन लागेको पार्टी कम्युनिष्ट नहुने बताए ।

‘कम्युनिष्ट पार्टीहरू धेरै भए । काम गर्नलाई कम्युनिष्ट नाम राखिरहनु आवश्यक पर्दैन भन्ने भीम रावलको कुरा थियो,’ सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. तारा जोशीले भने ।

 

सोमबार डा. जोशी र नेपाली कांग्रेस डडेलधुराका पूर्वनेता कर्ण मल्लले भीम रावलसँग भेटेका थिए । भेटका क्रममा रावलले आफूले बनाउन लागेको पार्टीमा सामेल हुन आग्रह गरे ।

‘देश डुबाउने लागिसके, जोगाउनलाई देशभक्तहरू जुट्नुपर्छ । अब देशभक्तहरूको साझा पार्टी बनाउने हो भन्नुभयो,’ रावलसँग भेटेका जोशीले भने ।

स्रोतका अनुसार अहिले रावलले राजधानीमा उपलब्ध नेताहरूसँग भेटवार्ता बाक्लो बनाएका छन् । त्यसैक्रममा डडेलधुराका नेताहरू जोशी र मल्लसँग भेटवार्ता भएको हो ।

‘थुप्रै भेटवार्ता चलिरहेको छ । आज उहाँहरू आउनुभयो, र तस्वीर सार्वजनिक गर्नुभयो,’ ती स्रोत भन्छन्, ‘फोटो सार्वजनिक नगर्ने नेताहरूको संख्या धेरै छ ।’

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs