बाघको आक्रमणबाट ७२ वर्षिया वृद्धाको मृत्यु

 

Advertisement 1

सुरक्षा सम्बादाता १५ पुस २०८१ मकवानपुर; मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा बाघको आक्रमणबाट ७२ वर्षिया वृद्धाको मृत्यु भएको छ ।

आइतबार साँझ घास काट्न गएकी मनहरी-५ बसन्तपुर विदेशी टोलबस्ने कान्छिमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरनजिकै बारीमा घाँस काट्न जानुभएकी रुम्बा राती अबेरसम्म पनि घर नफर्किएपछि खोजी गरिएको थियो ।

Advertisement 2


खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँच सय मिटरपूर्व शरीरका विभिन्न भाग बाघले खाएको अवस्थामा रुम्बाको शव फेला परेको वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनुभयो । रुम्बाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।


सोही बाघले मनहरी ५ बसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा सात वटा वटा बाख्रा समेत मारेको स्थानीय उमेश राईले बताउनुभयो । खोरमा रहेका सबै बाख्रा बाघले मारेपछि मोक्तानको खोरनै रित्तिएको छ ।

Advertisement 3


बस्तीमा बाघ पसेपछि स्थानीय त्रसित छन् । बाघलाई नियन्त्रणमा लिन प्राविधिक सहितको टोली घटना स्थल आउँदै गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । वडा कार्यालयले स्थानीयबासीलाई सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs