भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति बनाउनुपर्ने प्रचण्डको दाबी

सुरक्षा सम्बादाता १५ पुस २०८१ झापा; नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

Advertisement 1

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

Advertisement 2

उनले सङ्घीय लोकतान्त्रिक र गणतन्त्र नै मुख्य राजनीतिक व्यवस्था हो भने शासकीय स्वरूप निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए मात्र मुलुकमा स्थिरता र सुशासन कायम रहन सक्नेमा जोड दिए ।

Advertisement 3

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएलगतै भ्रष्टाचार र बेतिथिको मुहान पुरिन सक्ने उनको विश्वास छ ।

प्रकाशित : ३ हप्ता अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs