कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

१५ पुस २०८१ कोहलपुर; बाँकेको कोहलपुरमा यही पुस ९ गतेदेखि ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्पोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति भइरहेको छ ।
मंगलबार भने नेपाली म्युजिक भिडियोका राजा तथा अभिनेता पल शाह कोहलपुर आउँदैछन् । देशभरका मेला महोत्वसमा अत्यधिक रुचाइएका शाह कोहलपुर महोत्सवमा आउने भएका हुन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोहलपुर आउन लागेको बताएका छन् ।
अभिनेता शाहका अनुसार उनी आफ्नो टिमसहित कोहलपुर महोत्सवमा प्रस्तुतिका लागि आउन लागेका हुन् । शाहले अभिनय गरेको पछिल्लो गीत ‘मायालाई पानको पात’ गीत निकै चर्चित छ । कोहलपुर महोत्सवमा उनको दर्शकहरुबाट माग भइरहेको थियो । शाहले कोहलपुर महोत्सवमा एक घण्टा प्रस्तुति दिने आयोजकले जनाएको छ ।
कोहलपुर महोत्सवको सातौं दिन सोमबार भने राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहयो । सोमबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड, चर्चित लोक दोहोरी गायिका टीका पुनले आफ्नो प्रस्तुति मार्फत दर्शकलाइ मन्त्रमुग्ध बनाएका बनाए ।
त्यस्तै गायक गोपाल नेपाल जिएम,गायिका रुपा घर्तीमगरले दर्शकहरुलाइ सांगीतिक प्रस्तुति मार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने मोडेल तथा डान्सर यनी पुन र बबिता गुरुङले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
१६ गतेका मुख्य आकर्षक
महोत्सवमा मंगलबार पछिल्लो समयकी निकै व्यस्त चर्चित नायक पल शाह आउनेछन् । दोहोरी गायक अर्जुन सुनाम, गायक सुमन बिटी, लोक तथा दोहोरी गायिका सपना शाहीको प्रस्तुति रहनेछ । त्यस्तै महोत्सवमा मोडल तथा डान्सर अस्मिता पुरी र दमन्ती शर्माको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : ३ हप्ता अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs