नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

 

Advertisement 1


सुरक्षा सम्बादाता १६ पुस २०८१ कोहलपुर; नेपालगन्ज मेडिकल कलेज नर्सिङ होम नेपालगन्ज र दस विगाह कोहलपुरको नाम राता रात परिवर्तन भएको छ । झण्डै ३० बर्ष देखि सन्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेजको ‘अस्तित्व’ मेटिएको हो । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो ।

कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो । अबदेखि कलेजको नाम परिवर्तन गरेर संजिवनी कलेज अफ मेडिकल साइन्सेस  प्रा.लि. कायम गरिएको हो। नेपालगन्ज र कोहलपुरमा सञ्चालित अस्पतालको मुख्य गेटमा साईन बोर्ड समेत झुण्ड्याइएको छ । अस्पतालको गेटमा सोमबार बेलुका साइन बोर्ड झुण्ड्याइएको हो । साविक मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत विभिन्न माग राखेर अहिले आन्दोलनमा छन् । कर्मचारी र कलेज ब्यवस्थापन बीचको विवाद अदालतसम्म पुगेको छ ।

Advertisement 2

पटक–पटक बसेको बार्ता र छलफल निस्कर्ष विहिन बन्न पुगेपछि विवाद अदालत समक्ष पुगेको हो । तत्कालित प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जिम्मेवारी छाडेर सञ्चालक सदस्यमा बसेपछि विगत ८ महिनायता डा. खुमाप्रसाद अर्यालले नेतृत्व गरिरहेका छन् ।

 

Advertisement 3

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs