अधिकारी दिल्ली गएपछि रा.अ  एसएसपी दाहाल सुदूरपश्चिममा

Advertisement 1

सुरक्षा सम्बादाता १० माघ २०८१ धनगढी; नेपाल को एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले सुदूरपश्चिम प्रदेशको प्रमुखको रूपमा एसएसपी नगेन्द्र दाहाललाई पठाएको छ। विभागको प्रधान कार्यालयले हालै उनलाई सुदूरपश्चिमको कमाण्ड सम्हाल्न जिम्मेवारी दिएको हो।

यसअघि सुदूरपश्चिमका निमित्त प्रमुख रहेका एसएसपी नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलरका रूपमा खटाइएको थियो। अधिकारीलाई दिल्ली पठाइएपछि रिक्त रहेको पदमा दाहालले जिम्मेवारी सम्हालेका हुन्।

Advertisement 2

सुदूरपश्चिम प्रदेशमा यसअघि डीआईजी तहका अधिकृतहरूलाई प्रमुखका रूपमा खटाइने प्रचलन रहेको थियो। तर, तत्कालीन डीआईजी किशोर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय तानेपछि भने दुई पटक सुदूरपश्चिममा एसएसपी नै पठाइएका छन्।

एसएसपी दाहालले आफ्नो कार्यकालमा गुप्तचरी संयन्त्रलाई थप प्रभावकारी बनाउँदै प्रदेशको सुरक्षा र सूचनाको प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Advertisement 3

राष्ट्रिय अनुसन्धान विभागले सुदूरपश्चिमको रणनीतिक महत्वका कारण दक्ष र अनुभवी अधिकारीलाई नियुक्त गर्दै आएको छ। दाहालको नेतृत्वमा गुप्तचरी संयन्त्रले अझै सशक्त रूपमा काम गर्ने विश्वास गरिएको छ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs