नेपाल प्रहरीका ३७ एसपी रिक्त, बढुवा कहिले ?

सुरक्षा सम्बादाता १० माघ २०८१ काठमाडौं; नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त छन्। २५ एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो।

Advertisement 1

यसअघि १२ एसपीका पद रिक्त थिए। ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले एक/दुई दिनमै बढुवा गर्ने तयारी गरेको छ।

बढुवाका लागि २०७२ चैत १६ मा डीएसपी भएकाहरू र त्यसको १६ महिनापछि डीएसपी भएकाहरु गरी ६९ जना मुख्य प्रतिस्पर्धामा छन्। उनीहरू मध्येबाट रिक्त ३७ पदमा एसपीको बढुवा गर्ने तयारी छ।

Advertisement 2

एसपी बढुवाको सिफारिस समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहन्छन्। आईजी अध्यक्ष रहेको समितिमा गृहमन्त्रालयका सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ। यो समितिले अबको केही दिनमै बढुवा सिफारिस गर्ने तयारी गरेको छ।

प्रकाशित : ५ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs