प्रचण्ड द्वारा बाँकेको खजुरामा स्मारक शिलान्यास

 

Advertisement 1


सुरक्षा सम्बादाता १० माघ २०८१ खजुरा; नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरामा निर्माण गरिएको स्मारकको शिलान्यास गरेका छन् ।

खजुरा गाउँपालिका–३ स्थित जनता नमुना माध्यमिक विद्यालयमा पालिकाको रु २९ लाख १० हजार र स्थानीय जनश्रमदानबाट रु १९ लाख ५४ हजार नौ सय छ को लागतमा स्मारक निर्माण गरिएको हो ।

Advertisement 2

अध्यक्ष दाहालले त्यसअघि खजुराको धौलागिरिमा सहिद डम्मर रानाभाटका घरमा सहिद परिवारसँग भेटघाट गरेका थिए । सहिद परिवारकातर्फबाट रानाभाटका दाजु नेत्र रानाभाट माओवादी नेताहरु पूर्ण सुवेदी, महेश्वर गहतराज, पालिका अध्यक्ष डम्मर विकलगायतको सहभागिता थियो । अध्यक्ष दाहालले आजै खजुरा बजारमा निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको पनि उद्घाटन गरे ।

Advertisement 3

उक्त सभाहल करिब रु पाँच करोड लागतमा निर्माण गरिएको हो । त्यस अवसरमा अध्यक्ष दाहालले बहुउद्देश्यीय सभाहलले विकासको आकाङ्क्षा सम्बोधन गर्न र समृद्ध खजुरा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सभाहल तीन हजार नौ सय ९९ वर्गमिटरमा फैलिएको छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs