मधेसको कामकाजी भाषा सम्बन्धी विधेयकको विरोध गर्दै पुत्ला दहन

Advertisement 1

सुरक्षा सम्बादाता १० माघ २०८१ मधेस; मधेस सरकारले ल्याएको मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको भन्दै युवाहरुले मधेसका मुख्यमन्त्री तथा शिक्षा र संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन् ।

Advertisement 2

मधेस प्रदेश सभामा पेश भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरुलाई समावेश गरिएको भन्दै युवाहरुले मुख्यमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरिएको छ । विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरुलाई स्थान दिइएको भन्दै आफूहरुले बिरोध स्वरुप पुत्ला दहन गरेको युवा फुलगेन महतोले बताए ।

Advertisement 3

मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधवार मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक सदनमा पेश गरेका थिए । सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रुपमा समेटिएको छ ।

प्रकाशित : ३ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs