
दिनेश राज न्यौपाने
१३ माघ २०८१ कोहलपुर ; बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखाले निकाल्ने पालिका स्तरमा रहेका सामुदायिक तथा संस्थागत विध्यालहरुको पठनपाठन स्थगन सम्बन्धि निकाल्ने सार्वजनीक सुचना कार्यनयनमा आएको देखिदैन। नेपाल सरकारको सबै भन्दा नजिकको कार्यकारी स्थानिय सरकारले गरेको निर्णय कार्यान्वयनमा नआउनु कत्तिको जायज र सान्दर्भिक हो गम्भीर प्रश्न उत्पन्न भएको छ।
शैक्षिकसत्र २०८१/०८२ मा मात्र कोहलपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले मौसम प्रतिकुलताको कारण देखाउदै गत पौष महिना र माघ महिना गरेर करि दुई पटक पठनपाठन स्थगन सम्बन्धि सार्वजनिक सुचना प्रकशन गरेको भए पनि कार्यनयनमा आएको नदेखिएको हो । यसरी सरकारले गरेको निर्णय कार्यनयनमा नआउनु कस्को जिम्मेवारी भित्र पर्छ चोक चौतारीमा प्रश्न उठ्ने गरेको छ।
सुचना प्रकाशन पश्चात् सामुदायिक विध्यालय मात्रको पठनपाठन स्थगन हुने र संस्थागत बिध्यालयको भने सुचारु भइरहनुले सामुदायिक बिध्यालयको लागि मात्र सुचना प्रकाशित हुने गरेको होकि भन्ने बुझिन्छ हामिले केही नागरिकको तर्क बुझ्दा । सामुदायिक विध्यालयका लागि मात्र लागुहुने यो सुचनाले सामुदायिक विध्यालयप्रती हेरिने दृस्टीकोण के होला …. तसर्थ सरकारी निर्णयको कार्यनयन कहिले हुन्छ….?